त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाल थाइल्यान्डविरुद्ध पहिले ब्याटिङमा

 संवाददाता    २०८१, २५ माघ शुक्रबार १२:३८     48 जनाले पढ़िसके



Spread the love

त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। सवा १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

नेपालले यसअघि खेलेका ५ वटै खेलमा पराजित भएको छ। थाइल्यान्डले ४ खेलमा जित र एक खेलमा पराजित भएको छ। नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ।

नेपाल नेदरल्यान्ड्ससँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग दुई खेलमा पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ।नेपाललाई आजको जितले सान्त्वना मात्रै हुनेछ।