पर्सा र धनुषामा स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँ सहित बिन्दबासिनी गाउँपालिका-३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यसैगरी धनुषाको शहीदनगर नगरपालिका-३ यदुकुहा बजारबाट स्रोत नखुलेको १ लाख ४७ हजार भारतीय रुपैयाँ सहित सबैला नगरपालिका-११ इनर्बा टोल बस्ने २० वर्षीय चन्द शेखलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तिनकोरीयाबाट यदुकुहातर्फ आउँदै गरेको ज.१२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।