महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालकी पूजा महतोले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेकी छन्।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि चौथो क्रममा आएकी पूजाले ४३ बलमा ४ चौकाको मद्दतमा ५० रन बनाएकी हुन्।
पूजाको अर्धशतकको मद्दतमा १७ औँ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १११ रन बनाएको छ। नेपालका लागि कप्तान इन्दु बर्माले ३९ रनको योगदान गरेर आउट भइन्। अहिले पूजा र रुविना क्रिजमा छन्।
ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भएपछि आएका इन्दु र पूजाले टोलीलाई सम्हाल्दै सम्मानजनक स्कोरतर्फ लगेका हुन्।
यसअघि नेपाल थाइल्यान्ड र नेदरल्यान्ड्ससँग दुई दुई खेलमा पराजित भएको छ। अन्तिम खेलमा नेपालले अब थाइल्यान्डसँग भिड्नेछ।