चौंथो खेलमा पनि नेपाल थाइल्याण्डसँग पराजित

 संवाददाता    २०८१, २२ माघ मंगलवार १५:४२     61 जनाले पढ़िसके



Spread the love

काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गतको चौथौं खेलमा पनि नेपाल पराजित भएको छ । आज थाइल्याण्डसँग नेपाल ५ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउन नसक्दा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रनमै रोकियो ।

त्यसअघि टस जिेतर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

प्रतियोगितामा यसअघि खेलेका तीन वटै खेलमा पनि नेपाल पराजित भएको थियो । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।