टस जितेर थाइल्यान्डले रोज्यो ब्याटिङ, नेपाल फिल्डिङमा

 संवाददाता    २०८१, २२ माघ मंगलवार १२:२८     124 जनाले पढ़िसके



Spread the love

नेपाल महिला टी २० अन्तर्राष्ट्रिय त्रिदेशीय शृखलामा नेपालसँगको दोस्रो खेलमा थाइल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा थाइल्याण्डले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ थालेको हो। आजको खेलमा नेपालले युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ।

नेपाल अहिलेसम्म नेदरल्यान्डसँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको छ। नेपाल पहिलो जितेको खोजीमा हुनेछ। नेपालले यो खेलबाहेक अझै दुवै देशसँग एक/एक खेल खेल्नेछ।

नेपालको आजको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी र रचना कुमारी चौधरी रहेका छन्।