टाइगर कप भलिबल: आयोजक पोखरालाई महिला तर्फको उपाधि

 संवाददाता    २०८१, २० माघ आईतवार १३:५७     150 जनाले पढ़िसके



Spread the love

साविक विजेता एपीएफ भलिबल क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुप अफ पोखराले पाचौँ संस्करणको टाइगर कप भलिबल अन्तर्गत महिला भलिबलको उपाधि उचालेको छ।

पोखरा रगंशालास्थित कभर्डहलमा आइतबार भएको महिलातर्फको फाइनलमा टाइगर ग्रुपले ३-२ को सेटमा हराउँदै उपाधि जितेको हो।
टाइगर कपको उपाधि पहिलो पटक आयोजक टोलीले उचालेको हो।

एपीफले पहिलो सेट २५-१७ ले जित्यो। दोस्रो सेट भने टाईगर ग्रुपले २९-२८ ले आफ्नो पक्षमा पारेको थियो।

तेस्रो सेट भने एपीएफले २५-२१ ले जित्यो। तर चौथो सेटमा टाइगर ग्रुपले २५- ले आफ्नो पक्षमा पार्दै सेट बराबरी गरेको गर्यो।

पाचौँ तथा अन्तिम सेट टाइगर ग्रुपले १५-१३ ले लगातार आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।