मोन्टी देसाइको सम्झौता थप नगर्ने क्यानको निर्णय

 संवाददाता    २०८१, २० माघ आईतवार १२:३६     111 जनाले पढ़िसके



Spread the love
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक मोन्टी देसाइको सम्झौता थप नगर्ने भएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै क्यानले मोन्टीलाई धन्यवाद दिँदै अब सम्झौता नथप्ने निर्णय गरेको हो । देसाइलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।
मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो।
क्यानले सम्झौता थप नगर्ने निर्णय लिएपछि भावुक बनेका मोन्टीले सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरेका छन् ।
‘१० जनवरी २०२३ मा मैले नेपाल क्रिकेट संघ (क्यान) सँग अवसरलाई अंगालेँ । नेपाल क्रिकेटमा स्थायी छाप छोड्ने आशाका साथ, उत्साह र उद्देश्यका साथ अज्ञात यात्रामा पाइला चालेँ, ’ प्रशिक्षक देशाईले लेखेका छन् ।
विगत २ वर्षको कार्यकालमा संगालेका यादहरुलाई उल्लेख गर्दै प्रशिक्षक देशाईले भनेका छन्, ‘यी दुई वर्ष अविस्मरणीय रहे, जसमा अमूल्य क्षणहरू र साझा उपलब्धिहरू संकलन भए । टीयू मैदानमा भएको एसिया कप छनोट, जहाँ समर्थकहरू रुखमा चढे, छातामुनि उभिए र मुलपानीमा विश्वकप छनोटको त्यो उर्जाले भरिपूर्ण माहोलले नेपालको क्रिकेट प्रेम र दृढता परिभाषित गर्यो ।’