महिला टी-२०आई शृंखला : नेदरल्याण्ड्स विरूद्ध नेपाल बलिङ गर्दै, रेवतीको डेब्यू

 संवाददाता    २०८१, २० माघ आईतवार १२:१९     70 जनाले पढ़िसके



Spread the love

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।

कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । डच कप्तान बाबेट डे लिडेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । चोटका कारण कविता कुँवर बाहिर छिन्। उनको स्थानमा रेवती धामीले डेब्यू गर्ने छिन् ।

रेवतीले भर्खरै सम्पन्न पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट खेलेकी थिइन् ।