आहा रारा गोल्डकपको तयारी पूरा

 संवाददाता    २०८१, २० माघ आईतवार १२:०४     79 जनाले पढ़िसके



Spread the love

आगामी मंगलबारदेखि पोखरामा सुरु हुने २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

कार्यक्रममा प्रतियोगिताको ट्रफी र जर्सी सार्वजिनक गरिएको छ। प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुनेछ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्।