कबड्डी लिगको उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाडौं खेल्दै

 संवाददाता    २०८१, १८ माघ शुक्रबार १२:४४     47 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल कबड्डी लिगको उपाधिका लागि आज (शुक्रबार) जनकपुर नाइट्स र काठमाडौं माभरिक्स खेल्दै छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्ष स्थान रहदै जनकपुर फाइनलमा पुगेको हो ।

उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गरेको थियो ।काठमाडौं लिग चरणमा तीन जीत, एक बराबरी र एक हार सँगै तेस्रो भएको थियो । इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो ।

माघ ४ गते देखि शुरू भएको फ्रेन्चाइज कबड्डीको प्रतियोगितामा विभिन्न शहरका ६ वटा टोलीले सहभागिता जनाएका थिए ।