कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता शुरु

 संवाददाता    २०८१, १६ माघ बुधबार १४:०१     70 जनाले पढ़िसके



Spread the love

मान्म (कालीकोट) । आजदेखि कालीकोटमा प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आगामी फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।जिल्ला क्रिकेट सङ्घका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पुर्‍याउनुका साथै कालीकोटलाई खेलकुदका माध्यमबाट चिनाउने लक्ष्य राखेको छ ।

विजेताले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयरलाई नगद पुरस्कार सहित सम्मान प्रदान गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष खड्गजङ्ग शाहीले जानकारी दिए । जिल्लामा पहिलोपटक आयोजना गरिएको खुला टी–२० क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै खेल प्रेमीलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।