एन्फा महिला लिग २०२४ उपाधिका लागि आज (बुधबार) एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।
एपीएफले पहिलो क्वालिफायरमा विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।