‘डिपसिक’ अमेरिकामा छोटो समयमा सबै भन्दा धेरै डाउनलोड हुने ‘एप’

 संवाददाता    २०८१, १५ माघ मंगलवार १०:३४     80 जनाले पढ़िसके



Spread the love

एजेन्सी । गत साता मात्रै सार्वजनिक भएको यो डिपसिक एप यतिखेर अमेरिकामा छोटो समयमा सबै भन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।

चिनियाँ कम्पनी डीपसीकको एआई संचालित च्याटबोट अमेरिकामा जनवरीमा सार्वजनिक भएपछि एप्पलको स्टोरमा सबै भन्दा धेरै डाउनलोड गरिएको हो । आफ्नो प्रतिस्पर्धी च्याट जी.पी.टी. लाई पछि पार्दै यो चर्चाको शिखरमा उक्लिरहेको हो । हाल अमेरिकामा एप्पलको एपस्टोरमा यो सबै भन्दा लोकप्रिय निःशुल्क एप बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक वर्ष अघि स्थापना भएको सो स्टार्ट अप कम्पनीले ‘आरवान’ नामक च्याट जी.पी.टी. जस्तै एआई मोडेल निर्माण गरेको छ । यो ओपेन एआईको च्याट जी.पी.टी., गुगल र मेटाका नयाँ एआई मोडल भन्दा निकै सस्तो मूल्यमा सञ्चालन हुने भएकाले यसले सबैलाई चुनौती दिएको छ ।

डिपसिक एआई एसिस्टेन्सको उभारपछि अमेरिकाका प्रविधि कम्पनीहरूको सेयरमा गिरावट आएको छ । एआई चिप निर्माता एनभिडिया, माइक्रोसफ्ट, मेटा जस्ता अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको हो ।

डिपसिक–भीथ्री मोडेलमा सञ्चालित यो एआई ओपेन–सोर्स मोडल मध्ये उत्कृष्ट मात्रै नभएर क्लोज–सोर्स मोडलहरूलाई पनि टक्कर दिन सक्षम मानिएको छ ।