यू-१९ विश्वकप : नेपालविरुद्ध मलेसिया ४५ रनमा अलआउट

 संवाददाता    २०८१, ११ माघ शुक्रबार १३:४४     62 जनाले पढ़िसके



Spread the love

आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाललाई मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जोहर क्रिकेट एकेडेमी ओभल, जोहरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको हो।

मलेसियालाई ४ ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले ४ तथा रचना चौधरीले ३ विकेट लिए। सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो।

मलेसियाका लागि नुरिमानले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले ५ रन माथि बनाउन सकेनन्। मलेसियाका तीन ब्याटर शून्य रनमै आउट भए।

नूर इज्जातुल स्याफिका ४ तथा ऐन र ब्याट्रिसियाले समान १ रन बनाए।