यु-१९ महिला विश्वकप : नेपालले आज मलेसियासँग खेल्ने

 संवाददाता    २०८१, ११ माघ शुक्रबार ११:४१     44 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आइ.सी.सी. यू–१९ टी–ट्वान्टी महिला विश्वकपमा नेपालले आज (शुक्रबार) आयोजक मलेसिया सँग खेल्दै छ ।

खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे देखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलो पटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको नेपाल छनोट चरणमा बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलिया सँग पराजित भएको हो ।