अष्ट्रेलियासँग पराजित भएसँगै यू–१९ महिला विश्वकपबाट बाहिरियो नेपाल

 संवाददाता    २०८१, ९ माघ बुधबार १५:२८     78 जनाले पढ़िसके



Spread the love

काठमाडौं । समूह चरणको अन्तिम खेलमा पराजित भएपछि आइसीसी यू–१९ महिला टी२० विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल औपचारिक रुपमा बाहिरिएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा जितका लागि अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याउन नसक्दा नेपाल ८५ रनले पराजित भएको हो ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमै रोकियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ र दोस्रो खेलमा स्कटल्याण्ड सँग १ विकेटले पराजित भएको थियो ।