वेस्ट बैंकमा इजरायली सैन्य अपरेसनमा ९ प्यालेस्टिनी मारिए

 संवाददाता    २०८१, ९ माघ बुधबार १०:३९     49 जनाले पढ़िसके



Spread the love

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायलको कब्जामा रहेको वेस्ट बैंकस्थित जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।

इजरायली सेनाको कारबाहीमा अन्य ३५ जना घाइते भएका छन्।

प्यालेस्टिनी मिडिया रिपोर्टअनुसार सहरमा धेरै आक्रमण भएका छन्। साथै राहत शिविरहरूमा पनि ठूलो संख्यामा सैनिकको आवतजावत भइरहेको छ।

मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक सञ्जालमा इजरायली सेनाले जेनिनबाट आतंकवाद उन्मूलन गर्न ठूलो मात्रामा अपरेसन सुरु गरेको लेखेका थिए।

इजरायलको वेस्ट बैंकमा कारबाहीपछि हिंसा भड्किने डर छ।