क्रीकेटर सन्दीप लामिछानेले क्यानले आयोजना गर्ने कुनै पनि प्रतियोगीताको एक खेल खेल्न नपाउने भएका छन् ।लामिछानेले आफ्नो सामाजिक संजालमा CAN को आचरसंहिता विरुद्ध लेखेकाले CANले कारबाही स्वरुप १ खेलमा प्रतिबन्ध लगाइएको हो ।लामिछानेले माघ पहिलो साता सकिएको जय ट्रफी एलिज कपमा अम्पाएरको निर्णयमा असन्तुस्टी जनाउदै सामाजिक संजालमा एक पोस्ट लेखेका थिए। यसैलाई लिएर क्यानले लामिछानेलाई कारबाही स्वरुप १ खेलमा प्रतिबन्ध लगाइएको हो ।अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन्।
सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए। पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन्।
लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन्। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ। तर, पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन्।