महिला लिग फुटबलमा आज बागमती र वालिङ भिड्दै

 संवाददाता    २०८१, ८ माघ मंगलवार ११:०४     63 जनाले पढ़िसके



Spread the love

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा आज (मंगलबार) विभाग बाहिरका दुई टोली बागमती युवा क्लब र वालिङ नगरपालिका आमने–सामने हुँदैछन् ।

खेल अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा दिउँसो ३ बजे हुनेछ । प्रतियोगिामा बागमतीले इलिमिनेटरमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने वालिङ बाहिरिएको छ । बागमतीले शुक्रबार इलिमिनेटरमा विभागीय टोली नेपाल पुलिस विरुद्ध खेल्दैछ ।

पुलिस विरुद्धको महत्वपूर्ण प्रतिस्पर्धा अघि बागमतीका लागि वालिङ सँगको खेल अभ्यास खेल सरह हुनेछ । प्ले अफ अघिको अन्तिम खेल एपिएफ र १६ अंकसहित दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब बिच बुधवार हुनेछ ।