प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक

 संवाददाता    २०८१, ७ माघ सोमबार ११:५५     29 जनाले पढ़िसके



Spread the love

प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

रातको समयमा सवारी चालक अनुमती पत्र र बिलबुक चेकजाँच गर्ने क्रममा ती पिटाई खाने व्यक्तिले सडक किनारबाट ‘म फोन गर्छु, पर्खिनुस्’ भन्ने आवाज सुनिन्छ।

सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन्। तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन्।

‘ए फोन गर्छस्? कस्लाई फोन गर्छस? पावर लगाउँछस्?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ।

यो भिडियो चितवनको भरतपुर महानगरपालिका बाइबास रोड क्षेत्रको हो। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २४/२५ वर्षका जस्तो देखिने एक पुरुषलाई प्रहरीले गरेको निर्घात कुटपिटको भिडियो भाइरल भएपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।