मधेशका ७ जना खेलाडी शून्यमै आउट, आर्मीले पायाे २६ रनको लक्ष्य

 संवाददाता    २०८१, ६ माघ आईतवार १५:०७     172 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘बी’ काे खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २६ रनको लक्ष्य दिएको छ ।

धनगढीको फप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मधेश १५ ओभर २ बलमा २५ रनमै अलआउट भयो । मधेशका ७ जना खेलाडी शून्य रनमै आउट भए । मधेशकी भूमि सिंहले सबैभन्दा धेरै १० रन बनाइन् । आर्मीकी आश्मा पुलामी मगरले ह्याट्रिक विकेट लिइन् ।