कालिकोटकी ६ वर्षीया बालिकाको भारतमा बलात्कारपछि हत्या

 संवाददाता    २०८१, २ माघ बुधबार १३:४७     59 जनाले पढ़िसके



Spread the love

कालीकोटकी छ वर्षीया बालिकाको भारतमा वलात्कारपछि हत्या भएको छ। कालिकोटको नरहरिनाथ गाउँपालिका, वडा न.४ रूपशा अदेला टोलकी ६ वर्षीया नावालिकाको भारतमा वलात्कारपछि हत्या भएको हो ।

ती नाबालिकाको भारतको बेड्लोर स्थित होस्यालनगरमा बलात्कारपछि हत्या भएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँस्थित संचार माध्यमहरुले जानकारी दिएका छन्।

उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले भारतको बिहारमा बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।