क्रिकेटर सन्दीप लामिछानेद्वारा अम्पायरिङको स्तर सुधार्न आग्रह

 संवाददाता    २०८१, २६ पुष शुक्रबार १२:२७     55 जनाले पढ़िसके



Spread the love

क्रिकेटर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको भन्दै फेसबुकमा लेखेका छन्,‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ।’ ‘हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ।’