भारतको लखनउस्थित एक होटलमा आमा र उनका चार छोरीको हत्या

 संवाददाता    २०८१, १७ पुष बुधबार १५:३५     117 जनाले पढ़िसके



Spread the love

भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउस्थित एक होटलमा आज (बुधबार) आमा र उनका चार छोरी हत्या गरिएको अवस्थामा फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउस्थित होटल शरणजीतमा अरशद नामका युवकले आमा र चार बहिनीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २४ वर्षका अरशदले ९ वर्षीया आलिया, १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमिनसहित आफ्नी आमाको हत्या गरेका हुन्।

अरशदलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछमा उनले पारिवारिक कलहका कारण हत्या गरेको बताएका छन्।

तर पनि वास्तविकताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।