बोक्सी आरोप मुद्दामा फरार अभियुक्त पक्राउ

 संवाददाता    २०८१, १३ पुष शनिबार १३:१५     108 जनाले पढ़िसके



Spread the love

लालबन्दी प्रहरीले बोक्सी आरोप मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबबन्दी नगरपालिका–५, बस्ने ३७ वर्षीय नारायणप्रसाद उप्रेती रहेका छन् । उप्रेतीलाई सर्लाही जिल्ला अदालतले २०७८ साल पुस २ गते बोक्सी आरोप मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद, १० हजार जरिवाना र पीडितका लागि ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो । बोक्सी आरोप मुद्दामा सुरुमा धरौटी बुुझाएर हिरासतमुक्त भएका उप्रेतीलाई पछि फैसलाको पूर्णपाठ आउँदा कैद, जरिवाना र क्षतिपूर्ति तोकिएको थियो ।

अदालतको आदेश बमोजिम पक्राउ गरिएका उप्रेतीलाई कैद, जरिवाना असुलका लागि मलङ्गवा कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुुजन पाठकले जानकारी दिए ।