५२ ग्राम सेतो हिरोइनसहित २ जना पक्राउ

 संवाददाता    २०८१, १३ पुष शनिबार ०८:२८     139 जनाले पढ़िसके



Spread the love

लागूऔषध सेतो हिरोइन जस्तो देखिने पदार्थसहित सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सीमावर्ती गोडैता नगरपालिका–१२, मधुुवनी गाउँस्थित सडक खण्डमा मोटरसाइकलमा भारतको मेजरगन्जबाट मधुवनीतर्फ आउँदै गरेको अवस्थामा सेतो हिरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम ५१० मिलीग्राम बरामद भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गडहीयाबाट संयुक्त रुपमा परिचालित प्रहरी टोलीले दुुई जना युवकलाई समेत पक्राउ गरेको छ ।

उनीहरुको नाम सार्वजनिक गर्दा अन्य कारोवार फरार हुन सक्ने भन्दै प्रहरीले युवकको नाम गोप्य राखेको छ । पक्राउ परेका दुवै युवक पहाडी भेगका हुन् ।

उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी सिंहले बताए । उनका अनुसार प्रदेश प्रहरी कार्यालयको टोली समेत आएर यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले लागूऔषध सेतो हिरोइनको ओसारपसार गर्न प्रयोग भएको प्रदेश–०३–००५ प ५२६२ नम्वरको मोटरसाइकलसहित युवकको साथमा रहेको ३३ हजार ३२० रुपियाँ नगद र दुई थान मोवाइल बरामद गरेको छ ।