आरिफ शेख र आशिफ शेख बिबाह बन्धनमा बाधिदै

 संवाददाता    २०८१, १२ पुष शुक्रबार ११:१९     109 जनाले पढ़िसके



Spread the love
दुई दाजुभाइ आरिफ शेख र आशिफ शेखले मुस्लिम परम्पराअनुसार पुस २० गते (जनवरी ४) एकैदिन विवाह गर्न लागेका हुन्।
नेपाली राष्ट्रिय टोलीका अलराउण्डर आरिफ शेखले सबाना खातुनसँग र विकेटकिपर-ओपनर आशिफ शेखले आरजु अन्सारीसँग विवाह गर्ने निर्णय गरेका छन्। अहिले शेख दाजुभाइ आफ्नो होमटाउन वीरगञ्जमा रहेर विवाहको तयारीमा व्यस्त छन्। उनीहरूले निमन्त्रणा कार्ड धमाधम आफन्त, साथीभाइ, र क्रिकेट जगतमा वितरण गरिरहेका छन्। कार्डमा विवाह समारोह पुस २० गते वीरगञ्जमा हुने उल्लेख गरिएको छ।