हेटौंडामाथि सर्लाहीको जित

 संवाददाता    २०८१, ११ पुष बिहीबार १४:५०     141 जनाले पढ़िसके



Spread the love

रौतहटको चन्द्रपुरमा जारी एक दिवसिय त्रिकोणात्मक क्रीकेट प्रतियोगितामा आज सर्लाहीले हेटौंडालाई ३ विकेटले पराजित गरेको छ ।

चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम क्रीकेट मैदानमा आयोजना गरिएको खेलमा सर्लाहीले हेटौंडालाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको सर्लाही क्रीकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए । टस जितेर पहिले व्याटिङ गरेका हेटौंडाले निर्धारित ३५ ओभरको खेलमा २७.४ ओभरमा अलआउट हुँदै ८९ रन बनायो । हेटौंडाका लागि रामनरेश गिरीले २४ र गौरव कर्णले १७ रन बनाए ।

सर्लाहीका अभय यादव र विशाल पटेलले समान २/२ विकेट लिए । ९० रनको लक्ष्य पाएको सर्लाहीले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सर्लाहीका लागि विशाल पटेलले ४३ र अलि हसनले १५ रन बनाए । खेलको म्यान अफ द म्याच सर्लाहीका विशाल पटेल बनेका छन ।

सर्लाही, रौतहट र हेटौंडा सम्मेलित त्रिकोणात्मक सिरिजको फाइनल खेल शुक्रवार सर्लाही र हेटौंडाबिच हुने छ ।