इजरायलका रक्षा मन्त्री द्वारा हमासका नेता हानियाको हत्या गरेको स्वीकार

 संवाददाता    २०८१, ९ पुष मंगलवार १०:१७     43 जनाले पढ़िसके



Spread the love

एजेन्सी । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले हमासका नेता इस्माइली हानियाको हत्या गरेको स्वीकार गरेका छन् ।

इजरायलका रक्षा मन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा इरानको राजधानी तेहरानमा मारेको स्वीकार गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार काट्जले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई पनि निशाना बनाउने कुरा उल्लेख गरेका छन् । हानिया मारिँदा तेहरानको एउटा भवनमा थिए । त्यसबेला हमास र इरानले इजरायललाई हत्याका लागि जिम्मेवार ठहराए पनि कुनै प्रतिकृया जनाएको थिएनन् ।

हानिए र याया सिनवरको मृत्युपछि हमास अहिले नयाँ नेताको खोजीमा छ। सिनवरको गत अक्टोबरमा गाजामा भएको इन्काउन्टरमा मृत्यु भएको थियो। सेप्टेम्बरमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएको थियो।