सूर्यदर्शन सहकारी प्रकरण : क–कसलाई बनाइयो प्रतिवादी ?

 संवाददाता    २०८१, ७ पुष आईतवार १४:५२     136 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्दा ८ कम्पनीसहित ४४ जनालाई प्रतिवादी बनाएको छ ।

जसअनुसार व्यक्तिमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि वास्तोला, देवेन्द्र बाबु राई, विज्ञान राई, लिला पछाईलाई प्रतिवादी बनाइएको छ ।

यस्तै विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बाबु राई, ओमप्रकाश गुरुङ, बिरबाहदुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञान बहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिला बहादुर गुरुङ, पेशल कुमार राई, कृष्ण बहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्र कुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मी प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

यी प्रतिवादीहरुले मिलेमतो गरी सूर्यदर्शन सहकारी एक अर्व एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तिन पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर भएकामध्ये ८ जना हाल थुनामै छन् भने ५ जना विरुद्ध रकम फिर्ताका लागि प्रतिवादी बनाइएको छ । यस्तै प्रतिवादी बनाइएकामध्ये २३ जना फरार छन् ।

123