नेपाल र बंगलादेशबिचको खेल वर्षाको कारण रद्ध

 संवाददाता    २०८१, ५ पुष शुक्रबार १३:०९     90 जनाले पढ़िसके



Spread the love

मलेसियामा जारी एसीसी महिला यू-१९ एसिया कपअन्तर्गत सुपर-४ को अन्तिम खेलमा वर्षा बाधक बनेको छ।

सुपर ४ को अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल क्वालालम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने १२ बजे सुरु हुनुपर्ने थियो।

तर वर्षाका कारण यो खबर बनाउँदासम्म टससमेत हुन सकेको छैन।

नेपाल आजको खेलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ। तर वर्षा बाधक बनेर दुई टोलीले अंक बाँडेको अवस्थामा नेपाल फाइनल पुग्नबाट वञ्चित हुनेछ।

सुपर ४ मा नेट रनरेटमा नेपालभन्दा बंगलादेश अघि छ। त्यसैले अंक बाँड्दा पहिलोपटक एसिया कप खेलेको महिला टोली फाइनल पुग्नबाट वञ्चित हुनेछ।

सुपर ४ बाट भारतले फाइनलमा स्थान बनाइसकेको छ। भारत ४ खेलबाट ७ अंक बनाई शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

समान ३ खेलबाट बंगलादेश र नेपालको ४ अंक छ। अंक तालिकामा बंगलादेशको नेट रनरेट १.९०७ छ। नेपालको ०.३२६ छ। श्रीलंकाको ३ अंक छ।

भारत र नेपाल समूह एको विजेता र उपविजेता बन्दै सुपर ४ मा पुगेका हुन्। बंगलादेश र श्रीलंका समूह बीबाट सुपर ४ मा आएका हुन्।