यू–१९ महिला क्रिकेटमा आज नेपाल र बंगलादेश भिड्दै

 संवाददाता    २०८१, ५ पुष शुक्रबार १०:०९     57 जनाले पढ़िसके



Spread the love

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज (शुक्रबार) नेपालले आज बंगलादेश सँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको बायुमास ओभलमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ । पाकिस्तानलाई हराएको नेपालले यस अघि खेलका भारत र श्रीलंकाको टोली सँग अंक बाडनु परेको थियो ।

बिहीबार भएको सुपर फोरमा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भए सँगै नेपालले चार अंक जोडेको थियो भने बंगलादेश पनि चार अंकको हैसियतमा आज नेपाल सँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

सुपर फोरमा नेपाल सहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंक सहित पहिलो, बंगलादेश ४ अंक सहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंक सहित श्रीलंका चौथो स्थान छ ।

आजको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल भिडन्त आइतबार बिहान हुँदैछ।