महिला यु–१९ एसिया कप नेपाल र श्रीलङ्काले अङ्क बाँडे

 संवाददाता    २०८१, ४ पुष बिहीबार १४:३८     71 जनाले पढ़िसके



Spread the love

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् ।

आज बिहिबारको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो ।