नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्षस्थानमा जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी फर्किएका छन्।
यसअघि १३ सुदूरपश्चिमका स्कट कुग्गेलिनले उनलाई पछि पारेका थिए। तर अहिले भइरहेको कर्णाली याक्सविरुद्धको खेलमा २ विकेट लिएसँगै ललितले शीर्षस्थानमा न्युनिल्यान्डका स्कटसँग बराबरी गरेका हुन्।
उनले यो खेलमा अझै एक ओभर बलिङ गर्न बाँकी छ। ललितले आफ्नो पहिलो बलमा जयकिसन कोल्सावालालाई क्याचआउट गराएका थिए।
जनकपुरको चौथो तथा आफ्नो दोस्रो विकेटका रुपमा उनले कर्णालीका विलियम्स बोसिस्टोलाई स्टम्पिङ गराएका हुन्।
स्कट र ललितले समान १६ विकेट लिएका छन्। ललित सर्बाधिक विकेट लिने नेपाली बलर हुन्।