नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न आज कर्णाली र जनकपुर भिड्दै

 संवाददाता    २०८१, ४ पुष बिहीबार १०:२७     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल.) अन्तर्गत बिहीबार (आज) दोस्रो क्वालिफायरको खेल हुँदैछ।

यस खेलमा एलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स खेल्नेछन् ।

त्रि.वि. मैदान कीर्तिपुरमा दिउसो शुरु हुने उक्त खेलमा एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो।

बुधबार एलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो। पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम रोयल्स फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ।

आजको विजेताल‍े उपाधिका लागि सुदूरपश्चिम रोयल्स सँग खेल्नेछ।