जनकपुरले सुदूरपश्चिमलाई दियो १ सय ४० रनको लक्ष्य

 संवाददाता    २०८१, ३ पुष बुधबार १५:११     69 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायर ‘वान’मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

त्यसअघि टस हारेर पहिले बलिङको निम्तो पाएको सुदूरपश्चिम जवाफी ब्याटिङमा उत्रिएको छ । यो खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।