चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग ९एनपीएल०को क्वालिफायर २ मा प्रवेश गरेको छ।
कर्णालीसँगको हारले चितवन भने प्लेअफबाटै बाहिरिएको छ।
बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो।
कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो।