सुदूरपश्चिमद्वारा कर्णाली याक्स ६ विकेटले पराजित

 संवाददाता    २०८१, १ पुष सोमबार १२:४०     51 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

सोमबार कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको एन.पी.एल. को लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णलीलाई ६ विकेटले हराएको हो ।

योसँगै सुदूरपश्चिम रोयल्सले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ। प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो पनि लागेको छ।