एजेन्सी । इजरायलले गाजामा गरेको हवाई हमलामा नगरप्रमुख सहित २२ प्यालेस्टिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयर सहितका व्यक्तिहरु रहेका छन् । यो शहरमा मात्रै १३ जनाको ज्यान गएको छ । अन्तराष्ट्रिय सञचार माध्यमले जनाएका छन् । यसैगरी एक स्कुलमा महिला र शिशु सहित ७ जनाको मृत्यु भएको छ ।
इजरायलले सो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको आरोप लगाएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो ।
इजरायलले गाजामा गरेको आक्रमणमा ४४ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ ।