यू-१९ महिला एसिया कप आज देखि शुरु

 संवाददाता    २०८१, ३० मंसिर आईतवार ११:४६     141 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ए.सी.सी. उन्नाइस बर्ष मुनि महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आज (आइतबार) देखि मलेसियामा शुुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक मलेसियाले श्रीलङ्काको र अर्को खेलमा भारत र चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछन । प्रतियोगिताको यो पहिलो संस्करण हो । आठ दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित ६ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका रहेका छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानमा पनि नेपालकै समूहमा परेका छन् ।

नेपालले आफ्नो पहिलो खेल सोमबार खेल्नेछ । नेपालको पहिलो खेल पाकिस्तान सँग परेको छ । सोमबारको दोस्रो खेल बङ्गलादेश र श्रीलङ्का बिच खेलिने छ । प्रारम्भिक चरणको खेल पछि दुवै समूह बाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् ।