काठमाडौंलाई विराटनगरले दियो ११८ रनको लक्ष्य

 संवाददाता    २०८१, ३० मंसिर आईतवार १०:५७     50 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल.)मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई विराटलगरले ११८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

विराटनगर प्लेअफ दौड बाट बाहिरिसकेको छ भने काठमाडौंको लागि भने आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंक सहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान ८ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।