विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

 संवाददाता    २०८१, २८ मंसिर शुक्रबार १५:०७     104 जनाले पढ़िसके



Spread the love

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे।

राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट रहे।

मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे। तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए। कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एकरएक विकेट लिए।

चितवनका लागि आजको खेल जित्नुपर्ने दबाब छ।