लुम्बिनीलाई ५ रनले पराजित गर्दै कर्णालीको रोमाञ्चक जित

 संवाददाता    २०८१, २८ मंसिर शुक्रबार १३:०६     97 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीयल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सलाई कर्णाली याक्सले ५ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ ।

कीर्तिपुर स्थित त्रि.वि क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमै रोकियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

यो जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अन्तीम खेलमा पनि पराजित भएको छ ।

लुम्बिनीले लिगको सबै सात खेल खेलिसक्दा यो छैटौं हार हो । लुम्बिनीले एक खेल मात्र जित्न सक्यो ।

लगातार चौथो जित हात पारेको कर्णाली ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । अब कर्णालीले लिगको अन्तीम खेल आउने सोमबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।