कर्णालीले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य

 संवाददाता    २०८१, २८ मंसिर शुक्रबार १०:५३     28 जनाले पढ़िसके



Spread the love

विलियन बोसिस्टो र अर्जुन घर्तीको ७२ रन साझेदारी प्रेरित कर्णाली याक्सले एनपिएलमा लुम्बिनी लायन्सलाई एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले ४ विकेट गुमाउँदै एक सय २८ रन बनायो ।

विलियमले ३० बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ४४ रन बनाए । अर्जुनले २५ बलमा दुई चौका र एक छक्कासहित २५ रन जोडे । १०.१ ओभरमा चार विकेट गुमाउँदा ४७ रन बनाएको कर्णाली याक्सले पाँचौ विकेट ११९ रन बनाउँदा १८.५ ओभरमा गुमाएको हो ।

ओपनर बाबर हायतले २०, चाडविक वाल्टनले १३ रनको योगदान गरे । लुम्बिनीको लागि तिलक भण्डारीले दुई तथा साद विन जफर, विकास आग्री र रेमन सिमोन्ड्सले समान एक विकेट हात पारेका थिए ।

कर्णाली चौथो जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ । लुम्बिनी भने ६ मध्ये ५ खेलमा पराजित हुँदै प्लेअफबाट बाहिरिसकेको छ ।