काठमाडौं । मलेसियामा हुने ए.सी.सी. अन्डर–१९ महिला एसिया कप खेल्ने नेपाली टोली आज(शुक्रबार) त्यसतर्फ प्रस्थान गर्दैछ ।
नेपाल यू–१९ विश्वकप एसिया छनोट च्याम्पियनको रुपमा प्रतियोगितामा सहभागी हुन लागेको हो । महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ ।
प्रतियोगिता मंसिर ३० देखि पुस ७ गते सम्म मलेसियामा हुने छ । एसियाका ६ टोलीको सहभागिता रहने प्रतियोगिताको समूह ए मा बंगलादेश, मलेसिया र श्रीलंका छन् । समूह बी मा नेपाल सहित भारत र पाकिस्तान छन् ।
नेपालले पुस १ गते पाकिस्तान र २ गते भारतको सामना गर्नेछ । दुवै समूहका शीर्ष २ टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष २ टोली बीच फाइनल हुने छ ।