काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।
लारा शुक्रबार(आज) बिहान काठमाडौं त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
नेपालमा जारी नेपाल प्रिमियर लिग (एन.पी.एल.)का लागि लारा नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । ५५ वर्षिय लारा ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढी रन बनाएका छन् ।
वेस्ट इन्डिजका क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ ।