विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

 संवाददाता    २०८१, २७ मंसिर बिहीबार १०:३९     85 जनाले पढ़िसके



Spread the love

मङ्सिर २७ गते । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सता विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।

विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै ओपनर लाकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाउनुभयो ।

बलिङमा पोखराका सागर ढकाल र रेमान रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिनुभयो । पाँचौं खेल खेल्दै गरेका दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।