काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल.) मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ ।
बुधबार भएको पहिलो खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिम सँग ७२ रनले पराजित भएको हो ।
कीर्तिपुर स्थित त्रि.वि. क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
यस अघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरे पछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।
यस्तै, त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेल दिउँसो १ बजे शुरु हुनेछ । उक्त खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । काठमाडौंको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।