एनपिएलमा रोहितको दोस्रो अर्धसतक

 संवाददाता    २०८१, २५ मंसिर मंगलवार १०:४१     58 जनाले पढ़िसके



Spread the love

लुम्बिनी लायन्सका कप्तान तथा मार्की रोहितकुमार पौडेलले एनपिएलमा दोस्रो अर्धशतक प्रहार गरेका छन्। मंग्लबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध उनले १४.१ ओभरमा ५० रन पूरा गरेका हुन् ।

रोहितले ५० रन बनाउन ४३ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए।