इशाखिलको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

 संवाददाता    २०८१, २३ मंसिर आईतवार १४:३७     67 जनाले पढ़िसके



Spread the love

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा ओपनिङ ब्याटर हसन इशाखिलको अर्धशतकको मद्दतमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोड्यो।

चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले १६औं ओभरमा स्कट कुगेलेइनको बलमा नरेश बुढाऐरबाट क्यान हुनुअघि ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे।

अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए। उनी चौथो ओभरमा ब्रान्डन माक्मलेनको बलमा बुढाऐरबाटै क्याच भएका थिए।

विकेटकिपर ब्याटर विपिन रावलले १७ रन जोड्न सके। सइफ जाइब बलमा कुगेलेइनबाट क्याच हुँदा उनले २० बलमा २ चौका प्रहार गरे।

 

१८औं ओभरमा कप्तान कुशल मल्ल १३ रनमा कुगेलेइनबाट क्याच भएका थिए। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच हुनुअघि रवी बोपाराले १८ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए।

बलिङमा कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १-१ विकेट लिए।

सुदूरपश्चिमले यसअघिका तीन खेलमा जित निकालेको छ भने चितवन तीन मध्ये दुई खेलमा विजयी भएको छ।